प्रकाण्डलाई पटकपटक गिरफ्तार गर्नु पञ्चायती शैली

काठमाडौं, १० भदौ । पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक एवं सांसद डाक्टर बाबुराम भट्टराईले सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर पञ्चायती चरित्र देखाएको बताएका छन् । आजको संसदमा विशेष समय लिएर बोल्दै सांसद डा. भट्टराईले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेर सरकारले पञ्चायतकालीन व्यवहार गरेको बताएका हुन् । उनले गिरफ्तारप्रति असन्तुष्टी जनाए छ । ‘उनीहरुले उठाएका मुद्दा सही छन् । उनीहरुको बाटो मन सरकारलाई मन नपर्न सक्छ, तर उठाउन पाउनु उनीहरुको अधिकार हो’ भट्टराईले भने ।
विप्लव–प्रकाण्डलगायत सबै नेता कार्यकर्तासँग सरकारले राजनीतिक शक्तिको रुपमा लिएर व्यवहार गर्नुपर्ने धारणा उनले संसदमा राखे । अदालतले रिहा आदेश दिएपछि पनि पटपकटक प्रक्राउ गर्दा पञ्चालतकालको झल्को आएको उनको भनाई थियो । पञ्चायतकालमा दुःख व्यहोरेर आएका हामीले पञ्चायती शैलीमा व्यवहार गर्नु अपाच्य हुने बताउँदै नेकपासँग राजनीतिक व्यवहार गर्न आग्रह गरे ।