सर्वोच्चको आदेशको उल्लङ्घन – प्रकाण्ड चौथो पटक गिरफ्तार, भोजपुर लगिदैँ

२०७५ भाद्र १९ गते, मंगलवार

काठमाडौं,१९ भदौ । सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पुनः चौथो पटक गिरफ्तार गरिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि सर्वोच्चले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएलगत्तै नुवाकोटबाट रिहा गरेको थियो । तर प्रहरीले सर्वोच्च अदालतको आदेशको उल्लङघन गर्दै रिहा गरेलगत्तै गिरफ्तार गरि भोजपुर लागेको छ । प्रकाण्डलाई आज बिहान बुद्ध एयरको उडानवाट बिराटनगर लगिएको र त्यहावाट भोजपुर लैजाने प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]