‘एकदिन ओली र प्रचण्डले पनि जनअदालतमा हाजिर हुनुपर्नेछ’

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै पुनः चौथो पटक गिरफ्तार गरेको छ ।
गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि सर्वोच्चले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएलगत्तै नुवाकोटबाट रिहा गरेको थियो । नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा आगजनीको अभियोगमा बन्दी बनाएर राखिएका प्रवत्ता प्रकाण्डलाई अधिवक्ता नारायण अधिकारीको रोहबरमा रिहा गरिएको थियो ।
सर्वाेच्चले रिहा गरेपछि पुन चाैथाे पटक गिरफ्तारी पर्दै गर्दा प्रवक्ता प्रकाण्डले अाेली सरकारले राजनीतिक प्रतिसाेधका अाधारमा अाफुहरूलार्इ पटक पटक गिरफ्तार गरेकाे बताए । याे सरकारले अाफुहरूलार्इ गिरफ्तार गर्नुकाे कुनै कारण नभएकाे भन्दै प्रकाण्डले उनीहरूलार्इ इतिहासले एकदिन दण्डित गर्ने र केपी र प्रचण्डहरूलार्इ पनि जनताकाे अदालतमा हाजिर हुने दिन अाउने बताए । प्रकाण्डलार्इ बिदुरबाट भोजपुर लैजाने तयारी गरिएको बुझिएको छ ।