प्रकाण्ड पाचौ पटक गिरफ्तार

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं , २० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ । अदालतले रिहा गरेलगत्तै प्रकाण्डलाई पुनः पाचौ पटक गिरफ्तार गरिएको छ । उनलाई अदालतपरिसरवाटै गिरफ्तार गरि दाङ लैजाने तयारी गरिएको बुझिएको छ । सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त गराउन आदेश दिएपनि नयाँ–नयाँ आरोपमा पक्राउ पर्दै आएका प्रकाण्डलाई पछिल्लोपटक निर्वाचनताका भोजपुरमा भएको विस्फोटको आरोप लगाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]