प्रकाण्डलाई गिरफ्तारको झण्डै ४० घण्टा बितिसक्दा पनि दाङ पुर्याइएन

२०७५ भाद्र २२ गते, शुक्रबार

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकण्डलाई प्रहरीले गिरफ्तार गरी कब्जामा लिएको ४० घण्टा बितिससकेको छ । बुधबार साँझ ६ बजे भोजपुर जिल्ला अदालतपरिसरबाट दाङ लैजान भनी गिरफ्तार गरिएपनि अझै दाङ पुर्याइएको छैन । गिरफ्तारबारे भोजपुरमा संचारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा प्रकाण्डले आफूलाई दाङमा पनि मुद्दा रहेको बताएर प्रहरीले फेरि गिरफ्तार गरेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनलाई परिसरबाटै प्रहरीले घेरा हालेर लगेका थिए । पुनः गिरफ्तारबारे सुरक्षा अधिकारीले भने खास कुरा खुलाउन चाहेका थिएनन् । ‘माथिको आदेश अर्थात गृहमन्त्री रामबहादुर थापा ‘बादल’को मात्र बताएका थिए ।
भोजपुरको गिरफ्तार प्रकाण्डको पाँचौं पटकको गिरफ्तारी हो । उनलाई आज शुक्रबार बिहान १० बजेसम्म पनि दाङ पुर्याइएको छैन । यसबारे दाङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णहरि शर्माले प्रकाण्डलाई दाङ ल्यायो भन्ने समाचारा सत्य नभएको बताए । ‘भोजपुरबाट यहाँ पठाइएको भनेर मिडियाबाटै सुनिएको हो । तर अहिलेसम्म ल्याइपुर्याएका छैनन्’ एसपी शर्माले भने , ‘टाढाको बाटो छ, ल्याउँदै होलान् ।’ स्रोतका अनुसार प्रकाण्डविरुद्ध दाङमा यसअघि दर्ता भएको मुद्दा भने नरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]