कोरिया भाषा परीक्षाको आवेदन खुल्दै

२०७० भाद्र ४ गते, मंगलवार

काठमाडौ , ४ भदौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जाने इच्छुक युवाका लागि भोलि बुधबार अर्थात भदौ ५ गते देखि ४ दिनसम्म आवेदन फारम खुल्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्रमा र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ। मानवअधिकार बलियो र सेवा सुविधा तथा पारिश्रमिक हिसाबले आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरियामा ठूलो संख्यामा आवेदन पर्नसक्ने भएकाले मन्त्रालयले प्रत्येका आवेदव वितरण गर्ने केन्द्रमा १ सय जना कर्मचरी खटाउने तयारी गरेको छ।
यो वर्ष करिब ७० हजार आवेदन पर्ने मन्त्रालयले अनुमान गरकेो छ।सन् २०११ मा करिब ५७ हजार युवाले आवेदन दिएका थिए। चौथो भाषा परीक्षा आगामी असोज २० र २१ मा हुनेछ। कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्टाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार

युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार