नेकपाका नेता पूनलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन अादेश
काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य ओम प्रकाश पूनकाे गिरफ्तारी विरुद्ध बन्दी प्रत्यक्षीकरण रिटकाे सुनुवाइ भएको छ । सोमबार उच्च अदालत नेपालगंजमा बन्दी प्रत्यक्षीकरणमा परेको रिटकाे सुनुवाइ भएको हो । उच्च अदालतका न्यायाधीश ऋषिप्रशाद अधिकारीको एकल इजलासले ७२ घण्टा भित्र बन्दीसहित उच्च अदालत नेपालगंज इजलास उपस्थित गराउन अन्तरिम अादेश जारी गरेको छ । 
