‘ सरकारले मानवधिकार र प्रेस स्वतन्त्रलाई कुल्चने काम गर्यो ‘

२०७५ आश्विन १० गते, बुधबार

काठमाडौं , १० असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजना बाँकेको नेपालगञ्जमा बृहत् कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रममा संचार, कानून व्यवसायी, अधिकारकर्मी, व्यवसायी, नागरिक समाज, महिला, उद्योगी, उत्पीडित क्षेत्रका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार मानवधिकारको रक्षा र पूर्ण प्रेस स्वतन्त्रलाई कुल्चने काम गरेको धारणा राखे । सरकारले नागरिको मौलिक र वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै त्यसलाई तत्काल रोकेर नागरिक, महिलाको अधिकारको रक्षाको ग्यारेन्टी गर्न माग गरे ।
मुलुकी अपराध (संहिता) २०७४, देवानी र फौजदारी ऐनले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै त्यसरलाई खारेज गरेर पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग आग्रह गरे । अन्तरक्रिया संगठनको केन्द्रीय कार्यक्रम हो । जिल्ला उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रम अध्यक्षता र महासचिव हिम विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]