अध्यागमनमा अख्तियार पस्यो

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौ, ७ भदौ – अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शु्क्रबार दिउँसो भ्रष्टचारको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट २१ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।यसअघि अख्तियारले सेवाग्राहीसँग घूस लिएको भिडियो प्रमाणसहित अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहालसहित पाँच जनालाई पनि मंगलबार छानबिनका लागि गिरफ्तार गरेको थियो ।अख्तियारको विशेष टोलीले अध्यागमन विभागमा सेवाग्राहीसँग घूस लिएको श्रव्यदृश्य प्रमाणसहित कर्मचारीहरुलाई थप छानबिनका लागि पक्राउ गरी हिरासतमा लिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]