एउटा गम्भीर विमारी वारे– बलराम तिमल्सिना

२०७५ कार्तिक ७ गते, बुधबार

थुप्रै विमारीहरू छन् गम्भीर !

मान्छे आफ्नो हुन्छ
तर रोग आफ्नो हुदैन
सरुवा रोग लागेको मान्छे
आफ्नै भए पनि खतरनाक हुन्छ !

आफ्नो मान्छे भनेर
नजिकै बस्नु
गाला जोड्नु या म्वाइँ खानु
या विरामीको जुठो खानु
स्वास्थ्य विज्ञानमा निषेध छ !

केही यस्ता रोग हुन्छ
घर मुलीलाई छोएपछि
जहानै सोत्तर हुन्छन !

हामी कहाँ यस्तै भयो
अचानक घरमुलीलाई लाग्यो-
दाहिने ढल्कने रोग
दाहिने ढल्कदा ढल्कै ऊ
जव दाहिनेतिरै ढल्यो
उसको काँध चढेर बसेकाहरू
सवै दायाँतियै पोखिए !

ऊ विमारी भएको सुनेर
कुशल मङ्गलको कामना गर्न
जो जो गए ती सवै
दाहिने मुन्टो बटारेर फर्किए
र केही दिन मुन्टो ढल्काएपछि
ती पनि दाहिनेतिरै ढले !

हिजो आज
यौटा भयानक शङ्कट छ
दाहिने ढल्कने रोगले
धेरैलाई थला पारेको छ
जजसले संगत गरे लामो समय
र जो अहिले अलग भए
ती पनि गहिरो संक्रमणमा छन
थाहा छैन
ती अलग हुनेहरू पनि
टाउको सोझो पार्ने बन्ने हुन
या दाहिनेतिरै ढल्ने हुन !

समाज शास्त्रीहरूले यो रोगको नाम-
‘विचलन’ राखेका छन् !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार