सबै यहुदीहरुले मर्नुपर्ने !

२०७५ कार्तिक ११ गते, आईतवार

काठमाडौं, ११ कार्तिक । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा एक जना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले बताएका छन् । यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् । पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो । गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । गोली चलाउने व्यक्तिलाई पनि घाइते अवस्थामा नियन्त्रणमा लिइएको र उपचार भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई भयानक हमला भएको टिप्पणी गरेका छन् । उनले पछिल्ला केही वर्ष यता पटकपटक हुने यस्ता घटनाले लज्जित तुल्याएको समेत बताएका छन् । उनले हमला गर्नेलाई पागलको संज्ञा दिँदै कानुनलाई अझ सशक्त बनाउन सुझाव दिएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]