नेकपाका नेता असलको घरमा टासेको पक्राउ पूर्जी स्थानियबासिले च्याते

२०७५ कार्तिक ११ गते, आईतवार

काठमाण्डौं, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज चन्द्रबहादुर खड्का असलको सल्यान स्थित घरमा प्रहरीले पक्राउ पूर्जी टास गरेको छ । सर्वोच् अदालतको आदेशमा रिहा भएको भोलीपल्टै प्रहरीले सल्यान दारमा गाउँपालीका ५ मा रहेका खड्का घरमा वारेन्टनामा टासेको हो । कालिकोट जिल्ला अदालतबाट जारी भएको वारेन्टनामामा खड्कालाई ३० दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । तर उक्त पूर्जी भने गत भदौ २४ गते नै जारी भएको हो । जतिवेला नेता खड्का प्रहरी हिरासतमै थिए।
उनलाई भदौ ५ गते पक्राउ गरिएको थियो ।
२०७५ साल भदौ २४ गतेको मितिमा जारी भएको उक्त पूर्जीमा लेखिएको छ, प्र.ना.नी. ढुण्डिराज अधिकारीको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई समेत भएको बम बिष्फोट मुद्धाको अभियोग पत्र यस अदालतमा मिति २०७५÷ ५÷ २४ गते दर्ता भएकोले तपाईका नाममा यो ३० दिने समाहवान म्याद जारी गरि पठाईएको छ ।
यसअघि हिजो शुक्रवार खड्कालाई पुनः गिरफ्तार गर्न सवोच्च अदालत परिसर पुगेको प्रहरी अदालतको आदेशका कारण पछि हटेको थियो ।
कालिकोटमा बम विष्फोट मुद्धा दर्ता भएकोले पुन पक्राउ गर्ने भन्दै पक्राउ पूर्जी बोकेर आएको प्रहरी सर्वाेच्चले कालिकोटमा बम विष्फोट मुद्धा दर्ता भई यीनै निवेदक चन्द्र बहादुर खड्काका नाममा म्याद जारी समेत भईसकेको व्यहोरा लिखितम जवाफमा उल्लेख वारदात मिति र मुद्धा लगायतका तथ्य स्पष्ट नगरी गोलमटोल जवाफ दिईएकोले खड्कालाई थुनामुक्त गर्न आदेश दिएपछि फकिएको थियो ।
नेता खड्काको घरमा टाँसिएको म्यादपत्र स्थानियबासिले च्यातिदिएका छन । आफ्नो गाउँको नेतालाइ सरकारले पुर्वाग्रहि रुपले अनावश्यक दुःख दिएको भन्दै स्थानियबासिले पक्राउपुर्जी च्यातेका हुन ।
गत भदौ ५ गते धादिङको नौविसेबाट गिरफ्तार नेता खड्कालाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रवार न्यायधीसद्धय दिपकराज जोशी डम्बर बहादुर शाहीको संयुक्त ईजलासमा भएको बहसपछि रिहा गर्न आदेश दिए लगत्तै उनलाई रिहा गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]