१८८ जना सवार विमान समुद्रमा खस्यो

२०७५ कार्तिक १२ गते, सोमबार

काठमाण्डौं, १२ कार्तिक । इन्डोनेसियाको राजधानी जकार्टाबाट उडेको लायन एयरको बोइङ्ग ७३७ यात्रुवाहक विमान उडेको केही मिनेटपछि समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । कम्तिमा १८८ जना रहेको लायन एयरको बोइङ्ग इन्डोनेसियाको जाभा आइल्याण्डमा दुर्घटनाग्रस्त भएको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन् । पाङ्गकाल पिनाङ्गका लागि उडेको विमान दुर्घटना भएको हो । उडेको केही १३ मिनेटमा कन्ट्रोल रुमसँग सम्पर्क टुटेका थियो । एक सय ८८ जनामध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ। स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेर २० मिनेटमा उडेको विमान केही मिनेटमै दुर्घटनामा परेको हो । विमानका टुक्रा तथा यात्रुका सामानहरु छरिएको तस्बिरमा देखिएको छ । दुर्घटनामा अधिकांशको ज्यान गएको आशंका छ ।
सुयादी नाम गरेका ती अधिकारीले घटनास्थलतर्फ अरू पानीजहाज पठाइएको बताएका छन्। विमानमा सवार यात्रुहरूको अवस्थाबारे केही थाहा हुन नसकेको विवरणहरूमा जनाइएको छ। राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको जनाएका छन् । विमानको खोजि कार्य जारी रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]