सिटिईभिटी र अखिल (क्रान्तिकारी) बीच पाँच बुदे सहमती

२०७५ कार्तिक १५ गते, बिहीबार

काठमाडौं , १५ कार्तिक । प्राविधिक शिक्षा तथा व्यावसाथिक तालिम परिषद् र अखिल (क्रान्तिकारी) बीच भएको वार्तामा पाँच बुदे सहमती भएको छ । गत असार २८ गते सिटिईभिटिको वार्ता टोली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटी समन्वय समितिबीच प्रस्तु बिभिन्न मागमाथि आज दोस्रो चरणमा भएको वार्ताका क्रममा छलफलपछि पाँच बुदे सहमती भएको हो । वैज्ञानिक मापदण्ड निर्माण गरी सरोकारवाला सबै पक्ष बीच व्यापक छलफलपछि मात्रै शुल्क निर्धारण गर्ने र निर्धारित शुल्क भन्दा बढी लिएको पाइएमा अनुगमन गरि नियमानुसार कार्वाहि गर्ने, परिषद्का आंगिक शिक्षालयमा प्रदान गरिने छात्रबृत्ती १५ प्रतिशत पुयाउने लगायत सहमती भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]