भौतिक पूर्वाधारमन्त्री स्थापित बर्खास्त

२०७५ कार्तिक १६ गते, शुक्रबार

काठमाडाैं, १६ कार्तिक । भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि उनलाई बर्खास्त गरिएको हो । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुक्रबार मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को उपधारा २ बमोजिम मन्त्री स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए । दुई दिनअघि प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएको थियो । सोही विषयमा पार्टीका शीर्ष नेतासँग छलफल गर्न मुख्यमन्त्री पौडेल काठमाडौं आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु