सरकारले जनचाहना अनुसार काम गर्न नसकेको स्वीकार

२०७५ कार्तिक १७ गते, शनिबार

काठमाडौं , १७ कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको उनको स्वीकारेका छन । कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा रहेको बताएका हुन् ।
अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै उनले कानुन बनाएर कामलाई प्रभावकारी बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिए । उप्रधानमन्त्री पोखरेलले कर वृद्धि गरेर जनतालाई मारमा पार्ने काम सरकारले नगरेको भन्दै सेवा दिएर कर लगाउने नीति सरकारले लिएको स्पष्ट पारे । उनले राजनीति क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिको आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु