‘पत्रकार गलत कामको खबरदारी गर्न चुक्न नहुने ‘

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट क्राान्तकारी पत्रकार संगठन नेपालका केन्दीय अध्यक्ष प्रकाश डुम्रेले गलत कामको खबरदारी गर्न पत्रकार चुक्न नहुने बताउका छन । उनले पत्रकारहरुलाई राज्यले उचित पारिश्रमिक नदिएर दमन गरिरहेकोले तोकिएको पारिश्रमिक पाउनुपर्ने पक्षमा क्रान्तिकारी पत्रकार संगठन नेपाल रहेको बताए । देशमा अहिलेपनी बिभिन्न बाहानामा पत्रकारहरुलाई झुटा मुद्धा लगाउने कुटपिटगर्ने अपहरण गर्ने जस्ता गैर न्यायिक कृयाकलाप भएको भन्दै सरकारलाई त्यस प्रकारको गतिबिधि नगर्न अध्यक्ष डुम्रेले आग्रह गरे । क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँची द्धारा प्रकाशित मुखपत्र जनआबाजको बिमोचन गर्दे अध्यक्ष डुम्रेले सबैपत्रकारहरु राष्ट्रिय स्वाधिनताको पक्षमा उभिनुपर्नेमा जोड दिए । अध्यक्ष डुम्रेले क्रान्तिकारी पत्रकार संगठनले सधै जनताको पक्षमा आबाज बुलन्द गर्ने बताउदै पछील्लो समय देशमा पत्रकारको छबिलाई धमिल्याउनको लागी केही शक्ति लागीरहेको भन्दै त्यसप्रति सचेत हुन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा संगठनका केन्द्रीय महासचिब हिम बिष्ट,नेकपा जिल्ला ईन्चार्ज कमल केसी,नेपाली काँग्रेसका कृष्ण खनाल,राजमोका जिबनारायण खनाल,बिबेकशिल साझा पार्टीका हरी प्रसाद भुसाल,नयाँशक्ति पार्टीका पुष्करनाथ आचार्य,छत्रदेब गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,प्रजिअ खिमराज भुसाल,पत्रकार प्रेमनारायण आचार्य,बिरेन्द्र केसी, गणेश खनाल,हृदय भुसाल,श्याम घिमिरे, अर्जुन भुसाल लगायतले मनतब्य व्यक्त गरेका थिए ।
कार्यक्रम संगठनका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता,कुलराज खनालको स्वागत मनतब्य र भिम कौशलको सन्चालनमा सम्पन्न भएको थियो ।