तिहार सुरु , आज कागपूजा

२०७५ कार्तिक १९ गते, सोमबार

काठमाडौं, १९ कात्तिक । आजबाट यमपञ्चक अर्थात तिहार सुरु सुरु भएको छ । तिहारको पहिलो दिन अाज घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ । यसरी दीपदान गर्नाले यम-यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास समेत रहेकाे छ । तिहार ५ दिनसम्म मनाइने गरिन्छ, त्यसैले यसलार्इ यमपञ्चक पनि भनिएकाे हाे ।

प्रतिक्रियाहरु

[anycomment]