आज विश्व निमाेनिया दिवस
काठमाडौं, २६ कात्तिक । आज नोभेम्बर १२ , विश्व निमोनिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुख्य गरी पाँच वर्षमूनिका बालबालिकामा हुने निमोनियाकाे संक्रमणप्रति संवेदनशील हुँदै सन् २००९ यता हरेक वर्ष नोभेम्बर १२ का दिन विश्वभर निमोनिया दिवस मनाइन्छ । पाँच वर्षमुनिका बालबालिकामा अकालको मृत्यु रोक्न जनमानसमा जागरुकता फैलाउनु यो दिवसको मुख्य उद्देश्य हो । निमोनियाका कारण नेपालमा हरेक वर्ष पाँच वर्षमुनिका ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने तथ्यांक छ । सन् २०११ को तथ्यांकअनुसार कुल बालमृत्युमध्ये १६ प्रतिशत निमोनिया र ११ प्रतिशत झाडापखालाबाट हुने गरेको उल्लेख छ । आर्थिक बर्ष २०७३/०७४ मा कान्तिबाल अस्पतालमा मात्र १ हजार २ सय ७५ जना बालबालिकालाई निमोनियाको उपचार गरिएको थियो । रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ ।