चुनाबमा उम्मेदवारी दर्ता गर्न नसक्ने बनाइदिन्छौं– गौरब

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौं, ९ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले चुनाव बहिष्कार अभियान अन्र्तगत कुनै पनि दलले उम्मेद्वारी दर्ता गर्नै नसक्ने अवस्था बनाउने दाबी गरेका छन् ।यथास्थितमा मंसीर चार गते संविधानसभा चुनाव हुनै नसक्ने दाबी गर्दै गौरबले आफुहरुको बहिष्कार अभियान सफल हुने बताए । कोटेश्वरस्थित आफ्नै निवासमा कुरा गर्दै उपाध्यक्ष गौरबले चार दल नै बार्ताबाट भागेको आरोप समेत लगाए ।उपाध्यक्ष गजुरेलले सुरक्षाकर्मी परिचालन गरेर चुनाव गराउन प्रमुख दलहरुलाई चुनौती पनि दिए । सेना परिचालन गरेर चुनाव गराउने अभिव्यक्ति निरंकुताबादी सोच भएको गजुरेलको भनाई थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु