कँडेलको अध्यक्षतामा गठन भएको जनस्वास्थ्य कर्मी महासङ्घ आधिकारिक

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जबस इञ्चार्ज जीवन्तले टीका कँडेलको अध्यक्षतामा गठन भएको जनस्वास्थ्य कर्मी महासङ्घ आधिकारिक रहेको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य कर्मी महासङ्घका हालै भएको राष्ट्रिय भेलाले टीका कँडेलको अध्यक्षतामा गठन गरेको समिति नै आधिकारिक रहेको जनाएका हुन् । उनले प्रमोद योगी चिरञ्जीवीलाई सङ्गठनको नीति विपरित काम गरेकाले कारबाही गरिएको पनि जनाएका छन् । उनीलाई कारबाही गरिएकाले उनीसँग सङ्गठनको नामबाट कुनै काम कारबाही नगर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेका छन् । साथै स्वास्थ्य सम्बन्धी साधाराण शाखाका इञ्चार्ज निराजनलाई पार्टीले अन्यत्र जिम्मा दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।