नेपाली प्रगतिशील मोर्चा पोर्तुगलको प्रथम अधिवेशन हुदै
काठमाडौं , १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली प्रगतिशील मोर्चा पोर्तुगलको प्रथम अधिवेशन आज हुने भएको छ । सम्मेलनमा युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल सहभागि हुने बताइएको छ । अधिवेशनमा बेल्जियम, जर्मनी लगायतका देशहरुबाट अतिथिहरु सहभागि हुनेछन् । नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका संयोजक ईन्द्र न्यौपानेले भने ,‘अधिवेशनलाई आबश्यक पर्ने आर्थिक, भौतिक लगायत सम्पूर्ण तयारी पूरा भयो, हामीले पोर्तुगलस्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, ब्यबसायी, समाजसेवी, पत्रकार लगायत सबैलाई निमन्त्रण गरिसकेका छौं । अधिवेशन पोर्चुगलको राजधानी लिस्बोनको आन्जुसस्थित एभरेष्ट क्याफे एन्ड रेस्टुरेन्टमा दिउँसो ३ बजेदेखि सुरु हुने छ ।