वाइसिएलको ज्यादती बिरुद्ध भन्सार कार्यालयमा धर्ना

२०७० भाद्र ११ गते, मंगलवार

विराटनगर, ११ भदौ – वाइसिएलले ज्यादती गरेको भन्दै विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट धर्नामा बसेका छन् । भन्सार एजेन्टको धर्नाका कारण आवज जावत गर्ने मालवाहक सवारी साधन ठप्प भएका छन् ।स्थानीय एजेन्ट विनोद पौद्दारले भन्सार तिरेर ल्याएको सामान वाइसिएल, प्रहरी र मिलेमतोमा ४ लाख रुपैयाँ घुस मागेको भन्दै आन्दोलनमा उत्रिएको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताए ।जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले न्यून मुल्यांकन गरेर सामान ल्यएको सूचनाको आधारमा सामान बरामद गरि मानिस पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]