प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्रशम्शेरको संसदीय सुनुवाइ सुरु
काठमाडौं , १ पुस । प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ प्रक्रिया अाजबाट सुरु हुँदै छ । सिफारिस प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान गर्न र भावी योजना लगायतका विषयमा छलफल गर्नका लागि संघीय संसदको संसदीय सुनुवाइ समितिकाे बैठक अाज ११ बजेका लागि बाेलाइएकाे छ । संवैधानिक परिषदको सिफारिस समितिमा आएकोले जबराको सुनुवार्इ प्रक्रिया अाजबाट थालिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । मंसिर २७ गतेकाे संवैधानिक परिषदको बैठकले सर्वसम्मत रूपमा जबरालाई सर्वाेच्च अदालतका भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवार्इ समितिले जबराविरुद्ध कुनै उजुरी गर्नुपर्ने भएमा सार्वजनिक रुपमा आह्वान गर्ने र प्राप्त उजुरीका सम्बन्धमा स्वयं जबरालार्इ साधेर जवाफ माग गर्ने प्रक्रियाअनुसार सुनुवाइ गर्नेछ ।
यसअघि सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशीमाथि संसदीय सुनुवाइ हुँदा समितिले उनलार्इ अस्वीकृत गरेकाे थियाे । जोशीलाई सुनुवाइ समितिमा दिएको जवाफमा सन्तुष्ट हुन नसकेको, शैक्षिक कागजातमा आशंका रहेको र विभिन्न विवादित फैसलाका गरेको भन्दै सुनुवाइ समितिले बहुमतका आधारमा प्रधानन्यायाधीशमा अस्वीकार गरेको थियो । जाेशी यसपटक पनि न्याय परिषदद्वारा सिफारि भइअाएकाेमा संवैधानिक परिषदले भने तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश जबरालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेकाे छ ।
२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । पुनारावेदन र सर्वोच्च अदालतमा रहेका बेला जबराले गरेका फैसलाका कारण उनको आलोचना हुने गरेको छ ।