शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप

२०७५ पुष १ गते, आईतवार

काठामाडौँ, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत शनिबार माडीचौरमा हुँदै गरेको साँस्कृतिक कार्यक्रममा ३५ जनाभन्दा धेरैमा पुगेको प्रहरीले माथिको आदेश भन्दै हस्तक्षेप गरेको हो । प्रहरीलाई छक्याएर नाराबाजि गर्दै गरेका जिल्ला पार्टीका नेता तथा कार्यकर्तालाई रोक्न खोज्दा हातहालाहाल सम्मको अवस्था सिर्जना भएको थियो । कार्यक्रमबाटै रोल्पा नगरपालिकाका इन्चार्ज टीकाराम नेपाली र युवाका टेकराज पुनलाई गिरफ्तार गरेको थियो । तर, नेकपाका कार्यकर्ताले पक्राउ गरिएकालाई नछोडिए जिल्ला प्रहरी कार्यालय घेराउन गर्ने चतावनी दिएपछि नपाली र पुनलाई छोडेको थियो । नेकपा रोल्पाका सचिवालय दिनेश चन्दले मन्त्री बर्षमान पुनको ठाडो निर्देशनमा हस्तक्षेप भएको बताउनुभयो । उनले भने ,‘ यो मन्त्री पुनको ठाँउपनि हो ,दलालहरु जनताबाट कटेपछी यो हर्कत गरेका छन् । उनले प्रहरीको कृयाकलाप अत्यन्तै निन्दनीय एवं आपत्तिजनक भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]