कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु

२०७५ पुष १ गते, आईतवार

काठमाडौं , १ पुस । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ । कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको हो । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरु पेश भइरहेका छन् । उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्दै छन् ।
विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन । पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु