साम्राज्यवादको युद्ध रणनीति र नेपाली राजनीतिको दरिद्रता – संसार सेन पृथक

२०७५ पुष १ गते, आईतवार


राष्ट्रको स्वाधीनता राज्य संचालन गर्ने शासक तथा संचालककर्ता माथि भरपर्ने गर्दछ – नेल्सन मण्डेला

यतिखेर वर्गीय चिन्तन र स्वार्थको हिसाबले भन्दा पनि सामाजिक साम्राज्यवाद र सैन्य साम्राज्यवाद दुइ ध्रुबमा विभाजन छ सैन्य साम्राज्यवादभन्दा सामाजिक साम्राज्य आर्थिक राजनीति तथा विकासको गतिले विश्वव्यापी उछिन्दै गरेको बेला सैनिक साम्राज्यवादले आर्थिक तथा धार्मिक प्रलोभनमा उत्पीडित राष्ट्र र जनसमुदायलाई किन्ने र द्वन्द्व उत्पादन गर्ने त्यसको रिमोट आपूmले राखेर अनुकूल लाभ हासिल गर्ने मनसायमा पश्चिमा साम्राज्यवाद सक्रिय छ । पश्चिमी मुलुकहरू आफ्नो वर्चश्व कायम राख्न एशियाली मुलुकमा प्रबेशको लागि हजारौं प्रयत्न गरिरहेको देखिन्छ । एसियाली मुलुकका दुई शक्तिशाली राष्ट्र चाइना र भारतलाई आर्थिक राजनीति र सैनिक हिसाबले आफ्नो काबुमा लिएर विश्व एकतन्त्रीय हैकमवादी शासन कायम राख्न एसियाली मुलुकमा प्रत्यक्ष सैनिक उपस्थित जनाउने र नैतिक तथा भौतिक रूपमा चीन भारतलाई प्यारालाइसिस बनाउने गोराहरुको मास्टर प्लान हो, जसको सजिलो उपाय नेपाल प्रवेश गर्ने र नेपाल एसियायी मुलुकहरूको एउटा मात्र ककपिड हो भन्ने पश्चिमा साम्राज्यबादको सैद्धान्तिक रणनीति हो । भारत स्वतन्त्रपश्च्यात नेपाल भारत बीचमा बेलायतीहरुले उत्पादन गरेको समस्या यथावत छोडेर जानू, उसको भाबी रणनीति नै हो ।
पश्चिमाहरुको प्रवेश र निचोड
झन्डै साठी वर्षको यो अवधिमा नेपाललाई एनजीओमार्फत गहिरो अनुसन्धान गराएर नेपालमा कसरी द्वन्द्व उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन गराइयो । २०४६ साल पछि फिँजिएको एनजीओको पहिलो प्रतिबेदनमा स्पष्टता साथ लेखिएको बि३ एजेन्डा छ । बाइबल बितरण अध्यापन नीति, बिजनेस पोलेसी, बुलेट नीति यी तीन कुराले नेपालमा सामाजिक बिखन्डन ल्याउन सकिन्छ भन्ने नै रह्यो । जसको व्यापक आर्थिक प्रलोभनमा धर्मको प्रचार–प्रसारसँगै जातीय क्षत्रीय बिखण्डनको अध्ययनतिर लागेर नेपाललाई जबर्जस्त धर्म निरपेक्षता र जातीय संघ प्रदेशको लोभमा निहित चाटुकरमार्फत आफ्नो एजेन्डा स्थापित गराइएको छ ।
हिन्दुधर्ममा देखिएको जातीय, लिङ्गीय बिभेदकारी थितिलाई सस्तो उपयोग गरेर इसाई मिसनले छोटोे समयमा आफ्नो व्यापक प्रचारप्रसार गर्न र बलियो अखडा कायम गरेको स्पष्ट छ । कुनै पनि धर्म राज्यको तर्फबाट पक्षपात गरिनु हुँदैन । नेपाल एउटा संबेदनशील राष्ट्र हो । राज्यको तर्फबाट जातीय क्षत्रीय तथा धर्मका कारण सानो कमजोरी भयो भने गम्भीर खतरामा पर्ने अवस्थामा छ । बहुजातीय, बहुभाषीय, बहुसंस्कृतिक, भौगोलिक विविधता र बहुधर्म भएको समाजमा धर्मनिरपेक्षता वैज्ञानिक भए पनि त्यसको व्यवस्थापन अवैज्ञानिक तवरले भएको खण्डमा अर्को द्वन्द्वको खतरा छ । पश्चिमी साम्राज्यवादले आपूm अनुकूल व्यवस्थापन गर्न खोजेको छ ।
पहिलो कुरा पश्चिमीहरु नेपालमा कुनै हालतमा पनि स्थायित्व र शान्ति हुन नदिन तत्पर छन्, जसको उदाहरण मदरमुन फाउन्डेसनलाई नेपालमा प्यासिफिक सम्मेलन नाम दिएर सरकार समेतलाई हिलोमा मुख चोपलिएको छ । त्यसको अन्तर्राष्ट्रियस्तरमा सकारात्मक–नकारात्मक टिक्काटिप्पणी सुरु भएको छ । मदरमुन युरोप तथा एसिया सबैतिर अत्यन्तै विवादास्पद तथा कम्युनिस्ट बिरोधी गतिविधिमा संलग्न मान्छे हुन, मदरमुन फाउन्डेसनबाट विभाजित भएर उनकै छोराहरुले सशस्त्र दस्तासहितको प्रार्थना चर्चको निर्माण हुनुपर्छ भन्ने नीति अघि सारेका छन् । यस्ता अन्तर्राष्ट्रियस्तरमा विवादास्पद ब्यक्तिले गरेको भेलालाई नेपाल जस्तो स्वाभिमान राष्ट्रको राष्ट्र प्रमुखले सम्पूर्ण जनप्रतिनिधिहरु समेतलाई प्लेनको टिकट, फ्री ज्याकेट बितरणजस्ता नीच र घृणित कार्यमा संलग्न हुनुपर्ने र उर्दी जारी गर्नु अन्तर्राष्ट्रिय कुटनैतिक मामिला र राष्ट्रिय स्वाभिमानमा समेत आँच आउने काम भयो । धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्रीले धर्मको साझा संरक्षक भएर बस्नुपर्ने हो । तर त्यसो किन भएन जिज्ञासा धेरै उब्जिनु स्वभाविक हो ।
नेपाललाई रणभूमि बनाउने साम्राज्यवादको योजना
लामो अध्ययनपश्चात् नेपालको राजनीति, आर्थिक, सामाजिक, धार्मिक, जातीय अन्तर बिरोधको उत्पादन गरेर साम्राज्यवादीहरुको अनुकूल नियन्त्रित अस्थिरता कायम राख्ने पहिलो मिसनमा सफलता हासिल गर्न र नेपालमा शान्ति मिसनको रूपमा आफ्नो सैनिकी उपस्थिति जनाउने अमेरिकी तथा युरोपेलीहरु लागिपरेका छन् । खासगरी एसियाली मुलुकका दुई महाशक्तिशाली राष्ट्र भारत र चाइनालाई इन्डिकेट गर्ने पहिलो प्राथमिकता उनीहरुको हो, जसको लागि नेपाललाई उपयोग नगरी साम्राज्यवादको मिसन पूरा हुन सक्तैन । यो कुरामा चीन भारत दुबै जानकार छन् । एन्टी बिचारको उपयोग गरेर भारत र चीनसँग तिक्तता उत्पादन गराउने र छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई तेस्रो मुलुकहरूसँगको सम्बन्ध बराबरको बनाइदिने नेपाललाई नेपालकै कारणले चौतर्फी घेराबन्दी गर्ने अमेरिकी साम्राज्यवादद्वारा संचालित इसाई मिसनका बलिया फाउन्डेसन जर्ज सोरस तथा फादर मुन संस्थाहरु स्थापित छन्, जुन अहिले राज्यसमेत एन्जिओको अप्रत्यक्ष दबाबमा छ ।
नेपालका राजनीति दलको मूल नेतृत्व तिनै फाउन्डेसनको भारी आर्थिक आहाराको दबाबमा छन् । त्यसैको परिणाम सत्तापक्ष संस्कृतिक बिचलनको अधोगतिमा फसेको छर्लङ्ग छ । वर्तमान अवस्थाकै जस्तो गरेर सरकार संचालित हुने हो भने सयौं सिके रावत जन्मिने खतरापूर्ण संकेत छ । सिके रावत यतिबेला प्रत्यक्ष पश्चिम् साम्राज्यवादबाट संचालित छन् । जातीय तथा धार्मिक मुद्दाहरूको उत्पादन गराएर छुट्टै पहाडी समुदायमा द्वन्द्व भड्काउन एनजीओ मिसनमार्फत अर्को सिके रावतको जन्म गराउन खोजिरहेको स्पष्टताका साथ देख्न सकिन्छ ।
साम्राज्यबादीहरुले ठम्याइका दोन्दका आधारहरु
एनजीओ र आइएनजीओमार्फत् प्राप्त गरेका पश्चिमीहरुका आधारहरु मूर्तिकृत गरेका छन् ।
१. नेपाल भौगोलिक हिसाबले तराई, पहाड, हिमाललाई आधार मानेर राष्ट्र र राष्ट्रियतामा फरक दृष्टिकोणको उत्पादन गराउने र क्षेत्रीय बिखण्डनको सुरुवात गराउने जसको सैद्धान्तिक अवधारणा सिके रावतजस्ता पात्रहरू भौगोलिक रूपमा उत्पादन गराउने ।
२. बहुजातीय अन्तरविरोधको फाइदा बोकेर भेगिए तथा जातीय द्वन्द्वको उजागर गराउने जसको चिन्तन सीमित जातीय राज्य र धर्मका कारण सामाजिक अन्तरविरोध जातीय बिभाजन बिभेदको मुद्दालाइ मूल कारण भनाएर जातीय बिखण्डन गराउने ।
३. तेस्रो बलियो आधार धार्मिक बितण्डतासँगै जनसमुदाय बीचमा धार्मिक द्वन्द्वको सुरुवात गराउन खोजिएको छ । हिन्दु र बौद्ध धर्मालम्बीहरुलाई उचालेर सामाजिक वैमनस्य पैदागराउने सोचेका छन् । अनुहार वर्ण र बस्तु विशेष समुदाय बीचमा साम्प्रदायिक धार्मिक युद्धको बीउ रोपिएको छ, जसलाई राज्यले बैज्ञानिक विधि प्रक्रियाबाट हल नगरिए राष्ट्र द्वन्द्वको भयानक भुमरीमा फस्ने खतरा छ, जबसम्म भर्खरै भएको एसिया प्यासिफिक सम्मेलन र मदरमुनको अगाडि नेपाल सरकारले देखाएको लज्जास्पद हर्कतले नेपालको स्वाभिमानमाथि नेपाल सरकारले नग्नता प्रदर्शन गरेको छ । यो अवस्था कुनै सत्ता पक्ष–प्रतिपक्ष नभएर स्वाभिमान र राष्ट्रियताको लागि एकीकृत योजना बनाउन जरुरी छ । अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धलाई राम्रोसँग बुझ्ने हो भने नेपालमा भएको एसिया प्यासिफिक सम्मेलन र नेपाल सरकारले गरेको हर्कतदेखि उत्तर दक्षिणका छिमेकीका मनहरुमा सन्का उत्पन्न भएको स्पष्ट छ ।
साम्राज्यवादका रणनीतिक लक्ष्य राम्रोसँग नेपाली राजनीतिमा जबसम्म बुझ्न सकिँदैन । नेपालले द्वन्द्वको तितो घाउको सामना गर्नुपर्ने देखिन्छ, जसले नेपाल र नेपाली जनता सिरिया युगोस्लाभियालगायतका राष्ट्रहरुले खेपिरहेका समस्या नेपाली जनताहरुले खेप्नुपर्ने अवस्य छ । साम्राज्यवादबादीहरुकै उक्साहट्मा राजा फर्काउनु पर्छ मन्ने केही तत्वहरुलाई उपयोग गरेर अर्को दुर्घटना निम्त्याउन खोजिएको सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]