भारतीय तस्करहरुद्वारा नेपाल प्रहरीमाथि आक्रमण

२०७५ पुष ३ गते, मंगलवार

काठमाडौं , ३ पुस । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् । जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् । भारतीय तस्करको कुटाईबाट घाइते भएका यादवको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । उनीसँगै हवलदार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिमावर्ती पाडेपुर गाउँबाट हुने गरेको गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करहरु प्रहरी माथी नै जाइलागेका थिए । दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु