नेपाललाई नेपालै रहन देउ – देवी काफ्ले

कम्मरमा पटुकि पहाडको
काखमा तराईको मैदान
यी मेरी अामा नेपालको।
बुद्द र सीता भृकुटी
जन्मेको प्रसव पिडालाई
भुलेर हास्छिन मुसुक्क
यी मेरी अामा नेपाल।।
हिमालका सेता लहरमा
राराको टिल्पिल् छाल छ
ईलामको ईन्तु पहाडमा
सुर्यको अाफ्नै चाल छ।
तिलिचो हेर्छिन चियाउदै
फेवामा डुंगा खियाउंदै
तराई झर्छिन् खुसिले
धानको लहर हेर्नलाई।।
कहिले जान्छिन् लेकमा
गुरांस बनी फुल्नलाई
डांडाकाडा सेताम्मे बुकि
बनी फुल्नलाई।
यी अामा मेरी नेपाल।
कहिले कालापानीमा
कहिले जान्छिन सुस्तामा
दुखित हुन्छिन् यी अामा
दुश्मनले शरीर लुछ्दामा।।
सबैले माया गरन
यी हाम्री अामा नेपाललाई
संसारमै राम्री बनाउं न
यी अामा हाम्री नेपाललाइ ।
जुन दलले शासन गरे पनि
नेपाललाई नेपालै रहन देउ
सिंगापुर पनि नबनाउ,
स्वीट्जरल्यान्ड पनि नबनाउ ।