आजदेखि थाइल्यान्ड व्यापार मेला
काठमाडौं, १३ भदौ । नेपालमा पहिलोपटक आजदेखि थाइल्यान्ड व्यापार मेलाको सुरु हुँदैछ । नेपाल र थाइल्यान्डबीच व्यापार प्रवद्र्धन गर्ने र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आजदेखि सुरु हुने मेला चारदिन सम्म चल्नेछ ।नेपाल थाइल्यान्ड व्यापार सहयोग प्रालि र थाइल्यान्ड सरकारको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन विभागद्वारा संयुक्तरुपमा आयोजित मेला प्रर्दशनीमा थाइल्यान्डमा उत्पादित भान्छा र बालबालिकाका सरसामान, श्रृङ्गारका सामान, सुख्खा मसला, हाते झोलालगायतका उपभोग्य सामग्री बिक्री तथा प्रर्दशनीका लागि राखिनेछ । मेलामा थाइल्यान्डका १६ वटा उद्योगका सामग्री प्रर्दशन गरिने र ५० हजार दर्शकले अवलोकन गर्ने विश्वास राखिएको छ ।