कांग्रेसमा कचिङ्गल

२०७५ पुष ५ गते, बिहीबार

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदामा अझै सहमति जुट्न सकेको छैन । मंगलबार केन्द्रीय पदाधिकारीको संख्या बढाउने र निर्वाचनमा सहमति भएको थियो । तर, हिजो मस्यौदालाई अन्तिम रुप दिन बोलाइएको केन्द्रीय समिति बैठकमा समावेशीको कुरा नमिल्दा समस्या भएको छ । हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पदाधिकारी समावेशी नभएको भन्दै शीर्षनेताहरूले गरेको सहमतिमा असहमति प्रकट गरे । यसअघि कांग्रेसमा संस्थापन पक्ष पदाधिकारी संख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा देखिएको थियो । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको संख्या बढाएसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा थियो । दुवै पक्षको अडानका बीच मङ्गलबार सहमति भएको थियो । तर, हिजोबाट समावेशीको कुराले समस्या पारेको बताइएको छ । कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । यसले महासमिति बैठक थप लम्ब्याउने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु