ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न दबाब

२०७५ पुष ५ गते, बिहीबार

काठमाडौं, ५ पुस । प्रधानमन्त्री समेत रहेकानेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले चर्काे दबाब दिएका हुन । पार्टीको जारी स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि विचार राख्ने क्रममा स्थायी समिति सदस्यहरुले केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिएका हुन् । बैठकमा नेताहरु रघुजी पन्त र भीम आचार्यलगायतले सरकारको कामकारवाही र छवी सुधार गर्नका लागि मन्त्रीमण्डल पुनर्गठनको आवश्यकता रहेको बताएका थिए । उनीहरुले जतिसक्दो चाँडो मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारको छवी उज्यालो पार्नुपर्ने धारणा राखेका थिए ।
यता केही स्थायी समिति सदस्यहरुले एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि प्रश्न उठाएका छन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् । छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् । देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् । सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु