सिन्धुलीमा प्रादेशिक महोत्सव हुदैँ
काठमाडौं, ११ पुस । सिन्धुली जिल्ला नेपालका प्रमुख सहरहरु जनकपुर, विरगंज, नेपालको राजधानी काठमाण्डौ लगायतका प्रमुख सहरहरुको नजिक रहेकोछ । जयनगर–जनकपुर–वर्दिवास रेलमार्ग यस जिल्लाको सिमाना सम्म आउनु, उर्भर समथर जमिन, पर्याप्त पानी, ढुङ्गाखानी, तामाखानी, कृषि योग्य जमिन, वन जंगल, जडिवुटी, सुनकोशी डाईभर्सन, ऐतिहाँसिक स्थलहरु लगायत उद्योग संचालनका लागि अति संभाव्य क्षेत्र, एैतिहासिक सिन्धुली गढी, हरिहरपुरगढी, कुशेश्वर महादेव, मधुगंगा, शिद्धबाबा मन्दिर, कमलामाई मन्दिर लगाएत अन्य पर्यटकिय क्षेत्रहरु रहेकोछ ।
यसै गरी लोडसेडिङ मुक्त जिल्ला भएकोले यहाँ प्रसस्त उद्योग धन्दा कलकारखाना विस्तार हुने सम्भावना प्रवल देखिन्छ । यी प्रचुर विकासको सम्भावनाहरुलाई आत्मसाथ गर्दै सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गर्न लागेको ३ नं. प्रदेश स्तरिय प्रादेशिक महोत्सब २०७५साल पुस १३ गते देखी २२ गते सम्मा सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत उधोग वाणिज्य संघाको अध्यक्ष अमरेश चन्द्र वैदारले जानकारी दिए ।
यस ३ नं. प्रदेशमा १३ वटा जिल्लाहरु रहेकाछन् । ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ वटा गाउपालिका र ३३ निवार्चन क्षेत्रहरु भएकोे यस प्रदेश ऐतिहासिक, सामाजिक, भौगोलिक, धार्मिक, सांस्कृतिक तथा सुन्दरताको भण्डार रहेको छ ।
नेपालको करिब १४ प्रतिशत भू–भाग ओगटेको यस प्रदेशमा नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनाउने अधिकाशं मठ मन्दिरहरु यस प्रदेशमा रहेकाछन् । यस प्रदेशले दुवै छिमेकी राष्ट्र भारत र चीनलाई छोएकोछ । करिब एक तिहाई कलकारखानाहरु यस प्रदेशमा रहेकाछन् ।
३ नं. प्रदेश अन्तगर्ते भित्री मधेशको रुपमा परिचित सिन्धुली जिल्ला सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व वोकेको जिल्ला हो । यस जिल्लाले आफ्नो सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान एंव कला र सस्कृतिको प्रवद्र्धन तथा व्यापारिक सम्बन्ध विस्तारका लागि चार पटक महोत्सव सञ्चालन गरिसकेको छ ।
२०६७ सालमा क्षेत्रीय महोत्सव समेत सम्पन्न गरिसकिएको यस सिन्धुली जिल्लामा २०७५ साल पुष १३ गते देखि पुष २२ गतेसम्म “कृषि, पर्यटन, जलश्रोत उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार” मुल मन्त्रका साथ सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा पहिलो पटक प्रदेशस्तरिय १० दिने प्रादेशिक महोत्सव २०७५ आयोजना गर्ने लागिएकोहोे । उक्त महोत्सवको सहआयोजक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३ नंंं. प्रदेश कृषि ज्ञान केन्द्र सिन्धुली रहकोछ । महोत्सवको प्रवद्र्धक नेपाल उद्योग वाणिज्य महासंघ ३ नंं. प्रदेश र नेपाल पर्यटन बोड रहेकोछ ।
प्रादेशिक महोत्सव २०७५ को प्रायोजक, सह–प्रायोजक विभिन्न कम्पनीहरु, राष्ट्रिय वाणिज्य बैंक, मेगा वैंक नेपाल शाखा कार्यालय सिन्धुली, राष्ट्रिय च्यानल एपि वान र स्थानीय दैनिक पत्र—पत्रिका, एफ.एम.रेडियोहरु रहेकाछन् । २५० वटा स्टल रहने यस प्रादेशिक महोत्सवमा कृषिजन्य उत्पादित बस्तुहरु, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तुहरु, जातिय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनि आदिद्धारा उत्पादित बस्तुहरुको स्टल राखिनेआयोजकले जनाएको छ ।
महोत्सवको समुद्घाटन २०७५ साल पुस १३ गते केन्द्रिय सरकारका माननीय अर्थ मन्त्री यूवराज खतिवडा ज्यूवाट हुनेछ, भने समापन २०७५ साल पुस २२ गते प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणी पौडेल ज्यूवाट हुने अध्यक्ष वैदारले वताउवनु भयो ।
१० दिनसम्म सञ्चालन हुने प्रादेशिक महोत्सव २०७५, सिन्धुलीको मुख्य लक्षहरु यस प्रकार रहेका छन् ।
१. ३ नम्वर प्रदेश भित्रका जिल्लाहरुको उत्पादनको प्रचार, प्रसार, बिक्रि एवं प्रवर्धन गर्न साझा, औपाचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने ।
२ यस प्रदेशमा रहेका संभावित क्षेत्रहरु उद्योग, खानी, जलश्रोत, पर्यटन आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने ।
३ स्वदेशी उत्पादन तथा सेवाहरुबारे उपभोतmाहरुलाइ जानकारी गराउनुका साथै बजार विस्तार गर्ने ।
४ जुनार क्षेत्रको दृश्यावलोकन गराउने तथा प्रचार प्रसार गर्ने र बजारको उचित व्यावस्थापन गर्नु पर्न ।
५ सिन्धुलीगढी दृश्यावलोकन गराउने तथा प्रचार प्रसार गर्ने ।
महोत्सवको उद्धेश्य निम्न छन् ः
१ प्रदेशको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको इतिहास तथा महत्वलाई प्रादेशिक महोत्सव मार्फत आन्तरिक पर्यटकहरुलाई जानकारी गराई जिल्लाको धार्मिक एर्व ऐतिहासिक पर्यटन प्रवर्धन गर्ने।
२ प्रदेश भित्रका साना उद्यमीहरुको उत्पादन लाई प्रचार प्रसार गरी उनिहरुको उद्यमसीलताको प्रचार प्रसार गर्ने, बहु क्षेत्रका ग्राहकहरुको मन जीती वजार निश्चित गर्ने । उत्पादनको लेखाजोखा गरी बैकिङ्ग निकायहरुलाई साना उद्यममा लगानी गर्न उत्साहि वनाउने, विश्वास जित्ने ।
३ प्रदेशको कृषि तथा पशु क्षेत्रका उत्पादनहरुको वजार ब्यवस्थापन गर्ने । उपभोक्ताहरुमा उत्पादनको गुणस्तरताको प्रचार प्रसार गर्ने । आन्तरिक उत्पादनको प्रयोग गरी उपभोक्ताको वचत र क्रय शक्ति बढाउने ।
४ प्रदेशमा उपलब्ध कच्चा पदार्थ, उद्यमसीलता र ठुला वजारहरु सँगको सन्निकटताले ठुला उद्योग संचालन गर्न लगानीकर्ताहरु आकर्षित गर्ने ।
५ स्थानीय परम्परागत शिप कला र संस्कृति तथा लोक सांस्कृतिकको जर्गेना गर्ने ।
६ स्थानीय पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरि आन्तरिक तथा वाह्य पर्यटन भित्राउने ।
७ कृषि, जडीवुटी पेशा, हस्तकला पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउने ।
यस प्रादेशिक महोत्सवको अनुमानित आय रु. ८०,००,०००। असी लाख र खर्च रु. ६५,००,०००।– हुने अनुमान गरीएको छ । सो महोत्सवबाट मुनाफा भएको रकम सामाजिक विकास कार्यमा स्थानीय कमलामाई नगरपालिका सँग साझेदारी गरी लगानी गरिने सघंका अध्यक्ष बैदारको भनाई छ । – रुद्रबहादुर खडका