गोलीले नढलेका योध्दाहरू – बलराम तिमल्सीना

२०७५ पुष १२ गते, बिहीबार

गोलीले नढलेका योध्दाहरू-
खै किन कसरी कसरी ढले !
च्याऊको जङ्गल जसरी ढले !!
गोलीले नढलेका योध्दाहरू …..

मृत्युले आँखा झिम्याउँथ्यो ,
ती आँखा जुधाएर लडिरहन्थे !
पहाड ठडिन्थे भेल उर्लिन्थे,
ती निर्वाध अघि बढिरहन्थे !

वारुधले नगलेका योध्दाहरू,
खै किन कसरी कसरी ढले !
कागजका साँढे जसरी गले !!
गोलीले नढलेका योध्दहरू ….

गोलीले छात्ती छेडिंदा पनि
ऐया भनेनन् ती लडिरहे !
वीरताको चुली सजिलो थेन
ती आगो टेकेर चढिरहे !

सत्ताको जुठो असती रैछ ,
ती चाख्दा चाख्दै सोत्तर ढले !
न गोली चल्यो न आगो बल्यो ,
तै पनि गर्ल्यामगुर्लुम ढले !
गोलीले नढलेका योध्दाहरू …..

संसार थर्काउँने वीरहरू ती,
दुई छाकको लागि भुकिरहेछन !
जसलाई वैरी भन्थे हिजो ती,
उसैको आँगनमा ढुकिरहेछन !

सपना हरायो लोभ पाप पलायो
ती लोभ र निराशाले जले !
ती खोक्रा रैछन ती बोक्रा रैछन ,
हुरी नचल्दै सजिलै ढले !
गोलीले नढलेका योध्दाहरू

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार