बुद्धीजीविद्वारा अहिलेको ब्यवस्थाबाट समस्या समाधान नहुँने उदघोस

२०७५ पुष १३ गते, शुक्रबार

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनले विराटनगरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बाल्ने धेरैजसो बुद्धीजीविले अहिलेको ब्यवस्थाबाट समस्या समाधान नहुँने भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । बैठकका संगठनका अध्यक्ष बिक्रम थापाले अवधारणा पत्र प्रस्तुत गर्दै संसदीय व्यवस्थाबाट जनताको सम्बोधन हुन नसक्ने भएकाले सचेत नागरिकहरु एक जुट भएर आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए । अवधारणापत्रमा अधिवक्ताहरु हरी फुयाल,कविता बस्नेतले जनताका लागि थप बहसमूलक कार्यक्रम आवश्यक भएको बताए । त्यस्तै डाक्टर तिर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपाने, युवा नेता प्राकाश शर्मा र खगेन्द्र भण्डारी लगायतले बर्तमान सरकारको कडा आलोचना गरे । कार्यक्रममा बुद्धीजीवि लब प्रधान,बलराम पोख्रेल, बासुदे राजवंशी, राष्ट्रिय मानवअधिकार प्रतिीधि चिरञ्जिवी कोईराला, सोम थापा र विवेकशील पार्टीका प्रतिनीधि आमरेश कर्ण लगायतले धारणा राखेका थिए । केन्द्रीय सदस्य सुनिल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने प्रकाश अधिकारीले स्वागत मन्यब्य राखेको संगठनका महासचिव दीपक लामिछानेले जानकारी दिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु