प्रधानमन्त्रीलाई सन्देश : सरकार फुजिमोरी नबनोस

२०७५ पुष १३ गते, शुक्रबार

सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ।
सुन कुल्चेर नुनको खोजीमा भौतारिने हामी नागरिक र नुन रोपेर सुन फलाउने परिकल्पना गर्ने हाम्रा प्रधानमन्त्रीलाई हामी सानातिना मुग्लानी नेपाली श्रमजीवी युवाहरूले पत्रमार्फत संदेश प्रबाह गर्न खोज्नु तारेपहरमा मुड्की बजारेर सुनखलोको उपत्यकाको कल्पना गरेजस्तै होला तर यो मनले मान्दै मानेन तपाईंले यथार्थमा देखेको सपनाहरू बिपत्तिको छितिजमा आत्महत्याको पासोमा लड्किरहेको देखिन्छन। हो त्यसैको सुरक्षाको चाजोपाजो मिलाउने कोसिस गर्नुहुन्छ भनेर । सानो संदेश कोर्ने अनुमति माग्दछु ।
इतिहास भुत,बर्तमन र भबिष्य सकारात्मक तथा नकारात्मक हुन्छन् त्यसको बारेमा भनिरहनु उचित देखिन संघर्सको इतिहास र इतिहासकै संघर्स देशको एउटा पाटो हो। सम्मानित प्रधानमन्त्री ज्यु हजुरले देखेका सुनौलो सपनाको सन्छिप्त उचारण गर्न चहान्छु निरंकुस राजतन्त्रको विरुद्धमा चौध बर्ष जेलमा कडा जीवनकाल बेथित गर्ने महान ब्यक्ति भनेर नेपाली समाजमा चिनिने बर्तमन प्रधानमन्त्री हजुरनै हो जसप्रती संमान र गर्भ गर्नुपर्ने नेपाली जनताले स्वभावैले सकारात्मक थियोे। प्रधानमन्त्री ज्यु राणा शासन पन्चायत काल,संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र प्रत्येक काल खण्ड नेपाली जन्ताले नेपाल लाई नेताहरूले देखाएको समृद्धि र बिकासका सुनौलो सपनाको सुदृढ परिकल्पना गरेर माहान संघर्सको आघी तुफानमा निसङ्कोच आफ्नो जिबनको उच्च बलिदान गरेरमात्र आज तपाइहरु त्यो गरिमामय ओहदामा बस्नु भयो त्यो तपाईंको निजि बिचार नभएर १९९७ सालका अदम्य सपुतहरु हुँदै २०२८ सालको झापा बिद्रोह ०३६ सालको जनमतसंग्रह २०४६ सालको जन आन्दोलन दस बर्षको महान जनयुद्ध र २०६२ /६३को १९ दिने जन आन्दोलन र त्यसताकाका महान सहिदहरुको उच्च बलिदानको मात्रै यो परिणाम थियोे जसको सम्बोधन र संमान बिना राष्ट्रलाई आफ्नो मनोमानी चलाउने र चल्ने छुट कुनैपनी राजनीति दल मन्त्री प्रधानमन्त्रीलाई छैन होला ।
हजुरका सपना र निन्द्राहरु
मलाई म झन्डै सोह्र बर्षको हुदा मेरो जन्मेको दुर्गम गाउँमा पन्चायतकालमा तिनपटक सम्म प्रधान पन्च हुनुभएका मेरो मीत ठुलोबुवा स्वर्गीय श्री बलिभद्र खड्काले मलाई भनेको धेरै युक्ति मध्यम एउटामात्र उक्ति याद आउँछ “सुतेको बेला कुनैकुनै सपनाहरू देखिन्छन् ति सपनाहरू बिपनामा उतार्ने भएपछि फेरि नसुत्नु निद्रालागेपछि अरु सपनाहरू देखिन्छन् र पहिला देखेका सपनाहरू निस्काम हुन्छन् र ती निस्काम सपनाको हल्ला गर्नुकुनै अर्थनै रहदैन सुनेर शत्रुहरु चलाख बन्छन” आज यो कुरासँग मेरो मानसपटल बारबार झन्झन् गरिरहेको छ। हो हजुरले देखेका धेरै सपनाहरू राष्ट्रियहितमा देखिन्थे प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर महान सपनाहरू देख्ने तपाईंको निन्द्रा र तपाईं सुत्ने बेड बिस्तरालाइ आत्मैदेखी संमान गर्न चहान्छु। तपाईंको पहिलो कार्यकाल टुइन बिस्थापन गर्ने थियोे त्यो कत्तिको सफल भएको छ हजुरनै जानकार हुनुहोला तर एउटा पहिलो कार्यकालमा संविधान घोषणा सगै छिमेकीको नाकाबन्दी लगाएत भुकम्पले घाइते राष्ट्रमा हजुरजस्तो सुनौलो परिकल्पना गर्ने प्रधानमन्त्री बहादुर ठानिएको थियोे नेपाल भु परिबेश्ठित राष्ट्रमा पानीजहाज उत्तर र दक्षिणी सिमानामा रेल कुदाउने घरघरमा ग्यास हावाबाट बिजुली गरिबी नियुनिकरण बिदेश पलायन ठप्प नेप्से परिसूचक वृद्धि भ्रष्टाचार नियन्त्रण हत्या हिंसा बलात्कार बन्द कालोबजारी पत्तासाप शिक्षा र स्वास्थमा भैरहेको निजीकरण बन्द जस्ता सयौंको संख्यामा सपनाहरू देख्नुभयो र बाडदै हिड्नु भो भारतले ६/६ महिनासम्म नाकाबन्दी गर्दापनी आफ्नो सपनाहरू जन्तालाइ प्रबाह गरिरहनु भयो त्यसैको प्रतिफल स्थानीय चुनाव हुदै केन्द्रिय स्तरको चुनावमा राम्रो जनमतको सहानुभूति बटुलेर दोस्रोपटक प्रधानमन्त्री हुने मौका पाउनुभयो प्रायः मान्छेहरुले तपाईंलाई हावा भने तर मैले तपाईंको तारिफमा ताली बजाइरहे तर प्रधानमन्त्री ज्यु दोस्रोपटक त्यो कुर्सीमा पुगेपछि तपाईं कुन बेड बिस्तरामा सुतेर निदाउनु भोर पहिलाको सपनाहरू खहरेको भेलबाडिमा परे तपाईंको तारिफ गर्ने म एतिबेला हावा नागरिक बन्दै छु। अहिले म उत्तर दिरहेको छु सपना देख्नै नपाउने हुन्छ बिडम्बना तपाईंको सपनाहरू कसैको पिन्जडाम कैद जस्तैत भएनन हजारौं उत्सुकता पैदा भएका छन ।अझ तपाइले भनेको एउटा शब्दको याद धेरै आउँछ धनिहुने मनछभने दुख गर्नुहोस् बाच्नेमात्रै हो भने सुतिरहेपनि सरकारले पाल्ने ब्यबस्था गर्छ।
निस्कामका सपनाहरू र किचकन्याको तर्सो
सम्मानित प्रधानमन्त्री ज्यु तपाईंले यथार्थमा टेकेर सुन्यको महलमा निदाउनु भएको रहेछ भन्ने बल्लतल्ल बाहिर आउन थालेको छ रेल र पानी जहाज सपना देख्नुभयो बिस्तारै आउला नआउला सोच्न सकिन्छ त्योपनी नेपालीहरुको लागि आबस्यकिय छैन गोबर गुहिठा र सल्लाको झरो(खोटो) भएपनी वा आकाशको जुनतारा हेरेरनी बाच्न सकिन्छ तर सरकार तपाईंको पालाको गाउगाउमा लागुभएको चर्को करले जनता भारत र खाडीमा हातपाखुरा घोटेर कर तिर्न सक्छ तपाईंको पार्टी कम्युनिस्ट हो र तपाईं कम्युनिस्टको सिधाान्त प्रतिस्थापन गरेरमात्र चल्ने नेता हो तर दुनियाँ जान्दछ हातका रेखाहेर्ने ज्योतिष माछा मार्ने माझी गाई भैंसी भेडा बाख्रा कुल्पी पानपसल जतिसुकै चरम करले राष्ट्र समृद्धि हुन्छत स्थानीय दुरदराजमा जनताको हातमा जग्गाको प्रमाणपत्र छैन त्यहीँ ब्याक्ती खोलामा माछामार्दै जिबिकोपार्जन गर्छ त्यसैबाट कर अशुली भएको छ यहीँबाट सुरुवात हुन्छ नयाँ नेपाल र नयाँ युग जन्मदर्ता र मृत्युदर्ता लाई दोब्बर कर बढाइएको छ यहि हो ? हजुरले देखेको खास सपना सुन्दैपनी लाजमर्दो घृणित निर्णय सुनाउछन गरिबलाई दैनिकी चलाउन सहज र सरकारलाई आय आर्जनको पनि पाटो सजिलो होस भनेर देह ब्यापार तथा यौनजन्य धन्धाको परिचयपत्र बितरण गर्नेरे के यहीँबाट हुन्छ सुनौलो राज्यको परिकल्पना ? माक्सबादी राजनीति अर्थशास्त्रको मुल परिभाषा के यहीँ थियोे ? प्रदेश र स्थानीय जनताको जिबनस्तर माथि तिब्र सौदाबाजी भएको छ एकीकृत कर भनेर पाँचसय करतिर्ने मेरो गाउँमा सात हजार तिर्दैछन चर्को महङ्गी र सरकारी कर तिर्न नसकेर मजस्तै हजारौं युबाहरुले कतिदिन खाडी युरोप अमेरिका र भारतका गल्लीमा कतिदिन प्राइको फोहोर सफाइ गर्नुपर्ने हो प्रधानमन्त्री ज्यु तपाईंको एउटामात्र निर्णयमा टिप्पणी गर्न मनलाग्यो बिदेशबाट फर्किने ब्यक्तिलाइ दशलाख सम्म ॠण नेपाल सरकारले उपलब्ध गराउने रे अनि त्यसो हो भने वैदेशिक रोजगार को लागि विकसित मुलुकहरू अझैसम्म सरकारले किन चहार्नु परेको छ ब्यबस्थलाइ गालिगरेर जनताको अगाडि गणतन्त्र फालेर पन्चायतको बिस्तरामा सुतेजस्तो भएनर ? सम्मानित प्रधानमन्त्री ज्यु तपाईंले तपाईंकै सपनाको उत्तर तपाईंलाई दिन सक्नेकुरामा नतमस्तक बन्नुभएको छ अशान्ति हत्या हिंसा अन्याय अत्याचारले सिमा नाघेको छ १३ बर्षिय अबोध बालिका बलात्कार हुदा तपाईंले राष्ट्रको संबेदनसिल अङ्गमा बसेर कुनै बम दिदीबहिनीको जीवन रच्छ्या मानव अधिकार हुनुपर्छ भनेर वकिल बनेर वकालत गर्न तपाईंको पदिए हैसियत र सैद्धान्तिक दस्तावेजले सराप्दैन छुद्र अभिव्यक्ति पछ्यपाती न्याय प्रणालीको सधै विरुद्धमा उभिने महान ब्यक्ति कसरी त्यस्तो गर्नु भो ? जिज्ञासा सयौ उब्जाएको छ निर्मला पन्तको न्याय र अप्रादिलाइ कार्बाहिको दायरामा ल्याउनु राज्यको दायित्व भुल्दिने ? मानसिक असुन्तुलन बनेका देखि कुखुरा चोर ड्रग्सका सरापिलाइ निर्मलाको हत्यार हुन भनेर सरकार तथा गृह प्रसासन उम्कने यो कस्ताकस्ता न्याय सम्पादन हुदैछन । भ्रष्टाचार अन्त्य गर्छु भ्रष्टाचार गर्दापनी गर्दिन गर्नपनी दिन्न भन्ने तपाईंको बक्तब्यबाजी सुन्दा बच्चाको हेरालो बाघ जस्तैः देखिन्छन् ह्वाइट्बडी खरिद बिक्री देखि मेलम्ची खानेपानी सतहमामात्रै आयको 33 किलो सत्य आठ कुइन्टल सुन तस्करीमा समलग्न तस्करलाई खैत कार्बाही इ सबै “”टिउराको गितमा ढोइको मजाक मात्रै भएको होइनर”ध्यान खै? आश्चर्यजनक कुरोत स्थानीय स्तरदेखी केन्द्रीय तहसम्म जम्माजम्मी जनप्रतिनिधि २८३०० लगभग हुदारहेछन त्यसको ब्यबस्थापन गर्न आठ अर्ब आर्थिक रकम लाग्ने रहेछ त्यो सबैरकम हामिजस्तै नेपालीले मजदुरी गरेर दिनुपर्ने हुन्छ तर मथेल्लो तहमा बसेका सचिब देखि मन्त्री सम्सद मेयर उपमियरलेपनी दुई करोड देखि तलको गाडीहरू नचाहने देखिन्छ अब हामिहरुले कति मजदुरी गरेर यो गर्न सकिन्छ हास्यास्पद कुरो देउवा सरकारको पालामा भएका सबै निर्णय उल्टाउनु भएछ १८ करोडको गाडी किन्नुपर्ने नियम किन उल्टाउन सक्नु भएन जहाँ अरबौको हेलिकप्टर र करोडौंको गाडिले राष्ट्रपतिको चौतर्फी आलोचना खेप्नुपरेको छ खान मिल्ने यथावत नमिल्ने डिस्ट्व्यगरेर को पत्याउने कति मान्ने । बोल्दा अर्काको मनभाबना लाई ख्याल गरियो किनाइ? चुनावताका कुनै वर्ण विशेष गालिगरेर मधेसी र पहाडी बिचमा चित्तदुख्नेगरी बोल्दैगर्दा सिकेरावत जस्ता देशद्रोहीको उत्पादन र सजिलैसँग खेल्ने मौका पाए यतिबेला सम्मानित प्रधानमन्त्रीको ध्यानाकर्षण त्यतातिर पनि हुनैपर्छ खैत? कतिसम्म बोलियो भन्नेनै सबैकुराको ठेगाना हुनुपर्ने हो देउवा सरकारमा हुदा अलछिना सरकार गाडी दुर्घटनामा परेका परेइ छ्न आज त्यहीँ कुरासँग कति ख्याल गरियो यहाँ कोड नगरौ।
राष्ट्रियताको सुरक्षा र अत्यन्तै देशभक्ती भाब उत्पन्न गरेको देखिने प्रधानमन्त्री तपाईं हो जिओ पोल्टिक्सको ख्याल् नगरी राष्ट्रको सुरक्षा गर्न सकिदैन भन्नुभएको याद मेरो मानसपटलमा छ जहाँ हामीले उत्तर र दक्षिणी मुलुक एसिया महादेशका शक्तिशाली राष्ट्र हुन हामीले यस्को ख्याल गर्न सकियो भने दुई हातिको मालिक बन्ने मौका पाउछौ ख्याल गर्न नसकी अचेत कुदियो भने साडेको लडाइँमा बाछाबाछी कुल्चिनु सिबाय अर्को हुन सक्दैन हाम्रोजस्तो भर्खरै धर्म निर्पेछ्यतामा प्रवेश गरेको देशको प्रधानमन्त्री जस्तो ब्याक्ती तीन दिन सम्म होटेलको बाँस बसेर राज्यनै सह आयोजक भएर जिसेस्की छोरी मदरमुनको प्रसाद होलि वाइन ज्युनार गरेर फर्किदा तपाईंको सैद्धान्तिक तथा पदिय हैसियतका पछाडी प्रश्नावली उभिएको छ जस्ले उत्तर दक्षिण कतिसम्म खुसिछन र हाम्रोजस्तो भु राजनीतिले कस्ताकस्ता चुनौती खेप्नु पर्ला धार्मिक रूपमा राज्य सग अन्य समुदायको समन्ध कस्तो रहन्छ ख्याल गर्नु भएन नेपाली बौद्धिक जगतका बिस्लेशकले सुझाव दिदा बुद्धिजीवी जतिलाइ थलापार्छु जस्ता कुस्ती बाजको भाषामा राष्ट्र प्रमुख प्रस्तुत हुने हो भने राष्ट्रको भावी भबिष्य रहन्छकी नाइ चिन्ताजनक स्थिति छ प्रतिपक्षी जिम्मेवार भएन भन्नुहुन्छ कहिलेकाही दुइतिहाइ बहुमत को बलियो सरकारलाई जन पछय र राष्ट्रिय हितको काममा कसैको केही लाग्दैन बरु यो अबस्थामा रहिरहे सरकार फुजिमोरी नबनोस सडकमा देखिएको बिद्रोहले परन्तु सदन निर्माण गर्ने मौका नमिल्ने पक्का हुन्छ।

प्रतिक्रियाहरु

[anycomment]