कविता गोष्ठी – बलराम तिमल्सीना

२०७५ पुष १६ गते, सोमबार

कविहरूको यौटा टोली
कविता गोष्ठीमा छ
कविता गोष्ठीको विषय छ-
“साम्राज्यवादको विरोध”
गोष्ठी हुने स्थान हो –
साम्राज्यवादको पेट !
अँ ,
साम्राज्यवादको पेटमा
सुरु हुदैछ कविता गोष्ठी
तामझाम निकै चर्को छ !

कविहरू कविता भन्दैछन-
साम्राज्यवादले निल्नै आँट्यो
कसैको कविताको शिर्षक यस्तो छ
घेरा तोडेर अघि बढौं
अर्को कविले कविता भट्यायो
‘हस्तक्षेप बढेको छ,
यहाँ साम्राज्यवादको !
न हौं ठण्डा झिकौं झण्डा
नेपाली राष्ट्रवादको !’
अर्को छन्द कविले लय हाले !

साम्राज्यवाद उग्राउँदै छ
कविहरू पेटबाट आन्द्रातिर सर्दै छन !

कवि गोष्ठीको समापन भयो
सभापतीको निस्कर्ष आयो-
साम्रावादलाई दह्रो दनक दिइयो !

भोलि पल्ट
साम्राज्यवादको सौचालयमा
फुत्त फुत्त निस्के कविहरू
मलद्वारको बाटो हुँदै !

अव ती कवि थिएनन
कोही कूलपति
कोही उपकूलपति
र वाँकि अरु
प्राय प्राज्ञ भैसकेका थिए !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार