आज अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस
काठमाडौ , १४ भदौ – आज अगष्ट ३० अर्थात ३० औं अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस नेपालमा पनि मनाइँदै छ । राष्ट्रिय मानव -अधिकार आयोग र बेपत्ता परिवारका सदस्य र विभिन्न संघ संस्थाहरुले आज भृकुटीमण्डपबाट प्रभातफेरि गरेका छन् । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले राजनीतिक सहमति नभएको नाममा आफूहरुलाई राज्यले कानुनी उपचार र राहतबाट बञ्चित गराएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बेपत्ता खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग बन्न नसक्दा आफूहरुले कानुनी उपचार नपाएको र राज्यले बेपत्ता भएको स्वीकार गरेपनि राहत नदिएको पीडित परिवारको गुनासो छ ।
बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई राहत दिनको लागि बेपत्ता खोजवीन आयोग गठन गर्न दलहरुबीच २०६३ सालमै सहमति भए पनि अझै आयोग बन्न सकेको छैन ।द्वन्द्वकालमा तत्कालिन नकेपा माओवादी र सरकारले नेपालमा एकहजार एकसय ६२ जना नागरिक बेपत्ता भएको राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ ।