राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेवा शुल्क हटाउन अनुरोध

२०७५ पुष २० गते, शुक्रबार

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी विक्रमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न सेवामा लगाएको शुल्कले दङगाली जनतालाई निकै दुखी बनाएको बताएका छन । सेक्रेटरी विक्रमले ध्यानाकर्षण पत्र मार्फत उक्त कुरा बताएका हुन् । यस बिषयमा सेक्रेटरी विक्रमले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्ण बिबरण यस परका रहेको छ – “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न सेवामा लगाएको शुल्कले दङगाली जनतालाई निकै दुखी बनाएको छ। गर्ववतिलाइ समेत आफ्नो बच्चा जन्माउदा पैसा तिर्नु पर्ने वाध्यता हुन्छ भने यो देशमा अरु के कुरानै निशुल्क होला र?दूध खान किसानले पालेको भैसिको समेत कर लगाउने तर जनतालाई भने स्वास्थ्य र शिक्षा जस्ता अतिआबश्यक बस्तु र सेवामा समेत चर्को पैसा तिर्न बाध्य पार्ने कम्युनिस्ट नामधारी सरकारको समाजवादी यात्राले सिङ्गो नेपाली समाजलाई गिज्याइ रहेको मात्र छैन कम्युनिस्टआन्दोलनलाई समेत बदनाम गरिरहेको छ।स्वास्थ्य र शिक्षा जस्ता बस्तुलाई समेत हाटवजारका पसल जस्तै बनाउने सरकारी नीतिनै शुल्क वृद्धिको मुल कारक तत्व हो भन्ने कुरा कसैको अगाडि छिपेको छैन ।यति हुँदा हुँदै पनि स्वास्थ्य जस्तो अति संबेदनसिल र आधारभुत बिषयमा समेत चर्को शुल्क कायम गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिश्ठान को निर्णयको खारेज गर्न हामी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को गम्भीर ध्यानाकर्षण गराउदछौ।आफै बोक्सी आफै धामीको नाटक गर्ने सरकार र सरकारी पार्टीहरुलाइ मन्त्रीपरिषदवाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै सेवा निशुल्क बनाउने निर्णय गर्न कस्ले रोकेको होला ?अत अबिलम्ब विभिन्न सेवामा लगाएको शुल्क हटाउन र जनतालाई प्रभावकारी सेवा प्रदान गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गम्भीरतापुर्बक अनुरोध गर्द्छौ साथै प्रतिष्ठानमा आबस्यक बजेट्को ब्यवस्था गर्न सरकार सग जोडदार माग गर्दछौं ।अन्यथा चरणबद्द आन्दोलनमा जान हामी बाध्य हुनेछौं सरोकारवाला सबै पक्षलाई यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराउदछौ।”

प्रतिक्रियाहरु

[anycomment]