बाबुरामका विद्यार्थी नेता ने. क.पा.मा प्रवेश

काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सर्लाही जिल्लाको २०औँ सम्मेलन लालबन्दीमा शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले २१ जना जिल्ला समिति चयन गरेको छ । विद्यार्थीका जिल्ला इन्चार्ज सन्जिब महतो रहेका छन् भने अध्यक्षमा सुमन अधिकारी रहेका छन् । कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल विशेष, नेकपा केन्द्रीय सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण शाह सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलगायत सम्बोधन अतिथिहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन सर्लाहीका अध्यक्ष सुमन अधिकारी सहित १७ जनाको जिल्ला समिति नै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको छ । साथै युवाको जिल्ला अध्यक्ष अभिषेक रौनियार सहित युवाहरु पनि अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनका क्रममा नेकपामा प्रवेश गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीवी ढकालले उनीहरुलाई रातो टिका लगाएर स्वागत गरेका थिए ।