गणतन्त्रको उपहास

२०७५ पुष २२ गते, आईतवार

दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास हुन थालेको छ । आपूmलाई वामपन्थी भन्न रुचाउने कम्युनिस्ट नामधारी दलको दुई तिहाई बहुमत प्राप्त सरकारको कार्यशैलीले गणतन्त्रको उपहास मात्र भएको छैन, गणतन्त्र नै धरापमा पर्ने स्थिति पैदा भएको छ । देशको संघीय गणतान्त्रिक सरकारको कार्यशैलीले गर्दा यस्तो स्थिति उत्पन्न भएको जगजाहेर छ । केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि देश र जनताको स्थिति चौपट हुन थालेको छ । राष्ट्रियता गम्भीर खतरामा परेको छ । वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । देशको अर्थतन्त्र, शान्तिसुरक्षा, विकास निर्माण डामाडोल भएको छ । सत्तामा रहेका नै भ्रष्टाचार, आर्थिक अनियमिततालगायतका विभिन्न गैरकानुनी कार्यमा संलग्न भएका छन् । सत्ताधारी दलहरुले सरकार र गणतन्त्रलाई ब्रह्मलुट गर्ने साधन बनाएका छन् । जताततै अव्यवस्था बढ्दै गएको छ । सरकारको यही रबैयाका कारण देश र जनता प्रताडित भएका छन् । तसर्थ, देशलाई यो अवस्थाबाट बचाउन र आफ्नो सार्वभौमिकताको रक्षा गर्न जनता जाग्नुपर्ने समय आएको छ । यदि सरकारलाई यसैगरी बेलगाम छाड्ने हो भने राष्ट्र, राष्ट्रियता र हाम्रो सार्वभौमिकता सिद्धिन समय लाग्ने छैन । त्यसकारण देशलाई वर्तमान संकटबाट पार लगाउन र जनताको जीवनस्तर सुधार्न नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सामेल हुनुको विकल्प छैन । अब देश र जनतालाई अग्रगमनतर्फ लैजाने यो मात्र एक विकल्प बाँकी रहेको छ । सबै सचेत नागरिकले समयमै बुद्धि पु¥याऔँ, अन्यथा स्थिति भयावह हुने निश्चित छ ।

प्रतिक्रियाहरु

[anycomment]