पर्यटक आगमनमा उल्लेखनीय बृद्घि

२०७५ पुष २४ गते, मंगलवार

काठमाडौं, २४ पुस । सन् २०१८ मा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनमा उल्लेखनीय बृद्घि भएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार वर्ष भरी नै पर्यटक आगमनमा देखिएको उत्साहजनक बृद्धिका कारण सन् २०१८ मा १,१७३,०७२ पर्यटकहरु नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्घि हो । हवाईमार्गबाट जम्मा ९६९,२८७ र स्थलमार्गबाट २०३,७८५ अन्तराष्ट्रिय पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले बृद्धि भई कुल आगमन २००,४८३ पुगेको छ । त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा २०१७ को तुलनामा ५५.७ प्रतिशत बृद्धि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले बृद्घि भई कुल आगमन संख्या ३०१,९६३ पुगेको छ । त्यस्तै, नेपालका लागि दोस्रो प्रमुख स्रोत बजार चीन बाट सन् २०१८ मा १५३,६०२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतको बृद्घि हो । यसैगरी थाइ, दक्षिण कोरियाली र जापानी पर्यटकहरुको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्घि भएको छ ।
युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय बृद्घि देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले बृद्धि भई ६३,०८६, ३६,८३३ र ३१,६५३ पुगेको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बृद्घि भई ९१,७८५ पुगेको छ । त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको संख्या १५.१ प्रतिशतले वढेर ३८,४०८ पुगेको छ ।
सस्ंकृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको बृद्घिले सबैलाई उत्साहित बनाएको र सन् २०१८ का अन्तिम दुई महिनामा नै करिव ४७ प्रतिशतको बृद्घि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तीको लागि बलियो आधार तयार भएको बताए । साथै, थप सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासको फलस्वरुप् यो सफलता हासिल भएको र अव गुणात्मक रुपमा पनि पर्यटनको विकास गर्न लागी पर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकाल देखि नै अंगिकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्ष यता पर्यटन आगमनमा देखिएको लगातारको बृद्घिले सम्पुर्ण पर्यटन सरोकारवालाहरुमा उत्साह र आत्मविश्वासको संचार गरेको छ । “सरकारी निकायहरु, निजि पर्यटन व्यवसायी र संचार माध्यमहरु बीचको सहकार्यलाइ नै नेपालको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने मुलमन्त्रको रुपमा लिन सकिन्छ” उनले थपे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु