उपत्यकाको तापक्रम बृद्धि

२०७५ पुष २५ गते, बुधबार

काठमाडौं, २५ पुस । काठमाडौं उपत्यकाको तापक्रम बढेको छ । आज विहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौं उपत्यकाको हिजो बिहान ६ बजेको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । विभागका अनुसार काठमाडौं उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ । यसवर्ष अहिलेसम्म सबैभन्दा कम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसम्म पुगेको थियो । आज दिउसो पूर्वी भागमा आंशिक बदली रहनेछ भने उच्च पहाडी भू–भागमा आंशिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]