पत्रकार विकलाई शुक्रबार सर्बोच्च अदालतमा उपस्थित गराउन आदेश

२०७५ पुष २६ गते, बिहीबार

काठमाडौं, २६ पुस । पत्रकार गणेश बि क लाई भोलि शुक्रबार सर्बोच्च अदालतमा पक्राउ गर्नुको कारण लिखित जवाफ सहित महान्यायाधिवक्ताको कार्यलय मार्फत बन्दी सहित उपस्तिथि गराउन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट गृहमन्त्रालय लगायत विपक्षिहरुको नाममा आदेश जारी गरेको छ। पत्रकार जितेन्द्र महर्जनले पुस २४ गते दायर गरेको बन्दी प्रत्यक्षीकरणकाे रिटमाथिकाे बहसपछि आदेश भएको हो।
बहसमा रिट निवेदनकाे पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कपिल चन्द्र पोख्रेलले बहस पैरवी गरेका थिए। पत्रकार विकलाई पुस १९ गते बझाङ सदरमुकाम चैनपुरबाट पक्राउ गरि साइबर क्राइमको अभियोग लगाइ २१ गतेदेखि काठमाडौंको टेकु हिरासतमा राखिएको छ।

प्रतिक्रियाहरु

[anycomment]