प्रधानसेनापति थापा भारत प्रस्थान

२०७५ पुष २७ गते, शुक्रबार

काठमाडौं, २७ पुस । भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार ६ दिने भारत भ्रमणमा गएका छन् । उनलाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणकाक्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका सेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीहरुसित भेटघाट गर्नेछन् । ७ सदस्यीय टोलीसहित भारत गएका प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु