अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी

२०७५ पुष २८ गते, शनिबार

काठमाडौं, २८ पुस । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य नाकाबाट भित्रिने र बाहिरिने विदेशी नागरिकका लागि आँखाको नानी ‘रिड’ गर्ने ‘आइरिस मेसिन’ र ‘बायोमेट्रिक’ विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले सन् २०१८ मा अध्यागमन कानुन उल्लंघन गर्ने ७०१ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । भिसा अवधिभन्दा बढी बसेका र फरक–फरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको थियो । यसले अवैधरुपमा नेपालमा बस्ने विदेशीको संख्या निकै ठूलो रहेको देखाउँछ ।
विदेशीको अवैध बसाइँ सुरक्षाका लागिसमेत खतरा हुनसक्ने भन्दै अध्यागमन विभागले विदेशीको नेपाल बसाइँमासमेत कडा निगरानी र अनुगमन बढाउने भएको हो । विदेशी नागरिकमाथि कडाइ गर्न अध्यागमन विभागले विभिन्न नाकाबाट भित्रिने र बाहिरिनेहरुको बायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्न लागेको हो । करिब २४ करोड रुपैयाँको लागतमा यो प्रविधि जडान गर्न लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु