जनविरोधी हर्कत

२०७५ पुष ३० गते, सोमबार

सरकारको कार्यशैली दिनप्रतिदिन राष्ट्रविरोधी र जनविरोधी हुँदै गएको आमजनताले महसुस गरिरहेको विषय हो । सत्तासीन दलकै नेता, कार्यकर्ता भ्रष्टाचार र गैरकानुनी कार्यमा संलग्न भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । सरकार आफ्नो पार्टी, आफ्ना नेता र कार्यकर्ताबाट माथि उठ्न सकेको छैन । सरकार सरकारी ढुकुटी आफ्ना नेता र कार्यकर्तालाई बाँडेर नै रित्याउन उद्यत् भएको विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएका समाचारले पुष्टि गर्दछ । सरकार काण्डैकाण्डमा फसेको छ । कुनै पनि घटनाको सत्यतथ्य छानबिन हुन सकेको छैन भने दोषीहरुमाथि कारवाहीको कुरा त टाढाको विषय भएको छ । सरकारको यस्तो कार्यशैलीले जनता आजित भएका छन् । राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवाल एकादेशको कथा भएको छ । सत्तासीन दलहरु आ–आफ्नै दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा तल्लिन छन् । सरकार देश र जनताको सवालमा भन्दा द्वन्द्व निम्त्याउने दिशामा उद्यत भएको उसको कार्यशैलीले पुष्टि गर्छ । जसको प्रमाणस्वरुप पछिल्लो समय देशलाई अग्रगमनतर्फ लैजानुको विकल्प छैन । जनजीविका सरल र सहज हुनुप¥यो भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अँगाल्दै अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी र उसका नेता, कार्यकर्तामाथि राज्यबाट भएको धरपकड, गिरफ्तार र भूmठा मुद्दालाई लिन सकिन्छ । सरकारको यस्तो कदमले आमजनता प्रताडित भएका छन् । यदि सरकार बेलैमा नसच्निे हो भने देश पुनः द्वन्द्वमा फस्ने निश्चित छ । तसर्थ, सरकारले तत्काल राष्ट्रविरोधी र जनविरोधी हर्कत बन्द गरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाल उठाउँदै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गरी सहमति र सहकार्यमा अघि बढ्नुको विकल्प छैन । अहिलेको आवश्यकता, समयको माग, जनचाहना पनि यही छ ।

प्रतिक्रियाहरु

[anycomment]