वाइडबडी घोटाला प्रकरणमा कुनै संलग्नता छैनः देउवा

२०७५ पुष ३० गते, सोमबार


काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको भन्दै दुःख व्यक्त गरे । उनले वाइडबडी प्रकरणमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको दाबी पनि गरे । सभापति देउवाले देशमा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले नसकेको आरोप लगाउँदै उनले सरकारमाथि खबरदारी गर्न आह्वानसमेत गरे । सभापति देउवाले नेपाली कांग्रेसले छाया सरकार नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मूल्यांकन र निगरानी गर्ने बताए । त्यसका लागि केही व्यक्तिलाई जिम्मेवारी दिइने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु