‘व्यभिचारी’ प्रिन्सिपललाई कारवाही गर्ने चेतावनी

२०७५ पुष ३० गते, सोमबार

काठमाडौं, ३० पुस । अखिल क्रान्तिकारीले छात्रामाथि ‘यौन दूराचार’ गर्ने प्रिन्सिपललाई सरकारले उन्मुक्ति दिए विद्यार्थी अभिभावकको साथ लिएर कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट निकट अखिल (क्रान्तिकारी)को नवलपुर जिल्ला समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको गैंडाकोट नगरपालिका–११, भेडावारीस्थित मुकुन्द सेन ईङ्ग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले कक्षा १० मा सोही विद्यालयमा अध्यायनरत छात्रामाथि यही पुस २८ गते शनिबारका दिन ‘बलात्कार प्रयास’ गरेको जनाउँदै घटनाप्रति संगठनको गम्भीर ले ध्यानाकर्षण जनाएको छ । जिल्ला कमिटी संयोजक अविनाशद्वारा जारी विज्ञप्तिमा ‘व्यभिचारी’ प्रिन्सिपल पौडेललाईलाई तत्काल कारबाही गरी पीडित छात्रालाई न्याय दिलाउन हाम्रो संगठन जोडदार माग गरेका छन् । पहुँचको आधारमा वा अन्य कुनै बहानामा कारण बनाई ‘दोषी’ पौडेललाई उन्मुक्ति दिने गल्ती नगर्न पनि संयोजक अविनाशले सम्बन्धित पक्षलाई सजग गराएका छन् । कारवाहीबाट जोगाउने काम भएको खण्डमा संगठनले नै कारवाही गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत उनले दिएका छन् ।
एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी छात्रालाई प्रिन्सिपल पौडेलले संवेदनशील अंगमा हात पुर्याउने र ‘बलात्कारको प्रयास’ गरेको करा छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएपछि अभियुक्त पौडेललाई अनुसन्धानका लागि पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको जनाइएको छ । अखिल (क्रान्तिकारी) समाजका हरेक प्रकार शैक्षिक विकृति, विसंगति, विद्यार्थीमाथि हुने हरेक प्रकारका शोषण, अन्याय र अत्याचारविरुद्ध निरन्तर संघर्षरत रहेको र आगामी दिनमा सो अभियानलाई निरन्तरता दिइने नि उसले विज्ञप्तिमा उल्लेख गरेको छ । नवलपुर पहिलेका नवलपरासी जिल्लालाई टुक्र्याएर बनाइएको जिल्ला हो । अखिल (क्रान्तिकारी)ले यतिखेर देशैभर कम्युनिस्ट विद्यार्थी अभियान–२०७५’ चलाइरहेको छ ।

यस बिषयमा अखिल क्रान्तिकारी नवलपुर जिल्ला कमिटीका संयोजक अविनाशद्वारा जारी विज्ञप्तिको पूर्णपाठ यस्तो छ – “हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शैक्षिक विकृति, विसंगतिसँगै विद्यार्थीमाथि हुने हरेक प्रकारका शोषण, अन्याय र अत्याचारविरुद्ध निरन्तर संघर्षरत रहेको कुरा सर्वविदितै छ । वर्तमान परिवेशमा राज्यको आडमा भ्रष्टाचार, तस्करी, समाजमा भइरहेको चोरीडकैती, महिलामाथि हुने घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटनाले प्रश्रय पाइरहेको छ भने एकातिर नेपाली जनतालाई यस्ता घटनाले आक्रान्त र असुरक्षित बनाएको छ ।
यसै सन्दर्भमा गैंडाकोट नगरपालिका वडा नं. ११, भेडावारी नवलपुर जिल्लास्थित मुकुन्द सेन ईङ्ग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले कक्षा १० मा अध्यनरत आफ्नै छात्रामाथि मिति २०७५ पौष २८ गते बलात्कारको प्रयास गरेको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त व्यभिचारी राजेन्द्र पौडेललाईलाई तत्काल कारबाही गरी पीडित छात्रालाई न्याय दिलाउन हाम्रो संगठन जोडदार माग गर्दछ ।
अन्यथा घटनालाई ढाकछोप गरी दोषीलाई पहुँचको आधारमा उन्मुक्ति दिन खोजिए हाम्रो संगठन जनकारबाही गर्न बाध्य हुने कुरा पनि यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]