पत्रकार गणेश विक रिहा

२०७५ माघ ३ गते, बिहीबार

काठमाडाै, २ माघ । पत्रकार गणेश विक रिहा भएका छन् । साइपालपोष्ट डटकमका प्रबन्ध सम्पादक विक लामाे समयकाे हिरासत बसाइपछि बुधवार रिहा भएका हुन् । पत्रकार विकलाई बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर गत पुस १९ गते चैनपुरबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।उनलाइ ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३’ पछ्याउँदै मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

सोही मुद्दामाथि बुधवार जिल्ला न्यायाधिश मात्रिका प्रसाद पाेखरेलको एकल इजलासमा भएको बहसपछि विक रिहा भएका हुन् । विककाे गिरफ्तार छापा तथा प्रकाशन ऐन र प्रेस काउन्सिल नेपाल ऐन विपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन लगायत पेशागत संगठनहरुले व्यापक विरोध गर्दै आइरहेको छ । प्रकाशित समाचारबारे गुनासो र असन्तुष्ट भएमा प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी प्रावधान हुँदाहुँदै राज्यले विद्युतीय कारोबारअन्तर्गतको कानूनलाई अगाडि सार्दै आइरहेको भन्दै प्रेसजगतले विरोध जारी राखिराखेको बेला पत्रकार विक अनुसन्धानको लागि भन्दै लामो समय हिरासतमा राखिएपछि रिहा भएका हुन् । विककाे पक्षमा अधिवक्ता कपिल चन्द्र पाेख्रेल, कान्ति ढुंगाना लगायतले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु